Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णाली प्रदेशमा आज उपसभामुखको निर्वाचन हुँदै

कांग्रेसबाट इन्द्राकुमारी शाही र माओवादीबाट यशोदा न्यौपाने उम्मेदवार
tribeni2

सुर्खेत / कर्णाली प्रदेश सभाको उपसभामुख आज चयन गरिँदैछ। मंगलबार बसेको प्रदेश सभा बैठकले आज उपसभामुख चयन गर्न निर्वाचन तोकेको थियो। कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम ९ अनुसार आज उपसभामुख चयन गर्न लागिएको हो।

कर्णाली प्रदेशको उपसभामुख पदका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका छन्। प्रदेश सभा सचिवालयका अनुसार नेपाली कांग्रेसबाट इन्द्राकुमारी शाही र माओवादी केन्द्रबाट यशोदा न्यौपाने उपसभामुखको लागी उम्मेदवार हुनुहुन्छ ।

कर्णाली प्रदेश सभाको सभामुख भने एमालेबाट नन्दा गुरूङ बनिसक्नुभएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्