Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुममा अवैध रुपमा रुख काट्ने चार जना पक्राउ

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा अवैध रुपमा रुख काटिरहेका चार जना पक्राउ परेका छन । डिभिजन वन कार्यालय रुकुम पश्चिम अन्तर्गत चौफा सब डिभिजन वन कार्यालयको क्षेत्रमा सालको रुख काट्ने चार जना पक्राउ परेका हुन् ।

डिभिजन वन कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख शेरबहादुर परियारले उनीहरुसंगै ३० थान सालको चिरान काठ बरामद गरेको जानकारी दिनुभयो । पक्राउ परेकाहरुको नाम र ठेगाना भने खुलाएको छैन ।

सव डिभिजन कार्यालयबाट फाईल जिल्लामा आउने बित्तिकै थप अनुसन्धान गरेर अदालतमा मुद्धा दर्ता गरिने समेत डिभिजन प्रमुख परियारले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्