Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीको उपसभामुखमा यसोदा न्यौपाने निर्वाचित

tribeni2

सुर्खेत / कर्णाली प्रदेशको उपसभामुखमा नेकपा माओवादी केन्द्रकी यसोदा न्यौपाने निर्वाचित हुनुभएको छ । बुधबार भएको प्रदेश उपसभामुखको निर्वाचनमा न्यौपानेले २४ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा उपसभामुखको निर्वाचनमा ३८ जनाले भाग लिएका थिए । जसमा माओवादी केन्द्रकी न्यौपानेले २४ मत प्राप्त गर्दा नेपाली काँग्रेसकी इन्द्रा कुमारी शाहीले १४ मत प्राप्त गर्नुभयो ।

न्यौपानेलाई माओवादी केन्द्र, नेकपा एमालेका, र राप्रपाका सांसदले मत दिएका थिए । गठबन्धनको केन्द्रीय समिकरण अनुसार नै एमालेले सभामुख र माओवादीले उपसभामुख पाएको हो । सभामुखमा यसअघि नै नेकपा एमालेकी नन्दा गुरुङ निर्वाचित भइसक्नुभएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्