Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एमबीबीएस पढ्ने विद्यार्थीलाई ३५ लाख छात्रवृत्ति

tribeni2

जुम्ला / जुम्लाको पातारासी गाउँपालिकाभित्रका ‘एमबीबीएस’ पढ्ने विद्यार्थीलाई पालिकाले ३५ लाख छात्रवृत्ति उपलब्ध गराउने भएको छ। ५ वर्षमा एक चिकित्सक उत्पादन गर्ने लक्ष्यसहित यस्तो निर्णय गरी गाउँसभाबाट पारित गरेको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो ।

एमबीबीएसलगायत प्राविधिक विषयमा पढाउन सहयोग गर्न लागेको अध्यक्ष बोहोराले बताउनुभयो । गाउँपालिकाले बुधबार १० औँ हिउँदे गाउँसभाबाट एमबीबीएस पढ्ने विद्यार्थीलाई छात्रवृत्तिदेखि बालमैत्री वडा घोषणासम्मका विभिन्न ऐन नियम पारित गरेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो ।

हिउँदे गाउँसभाबाट पालिकाका सबै वडामा ‘बाल विवाह न्यूनीकरणमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारालाई मध्यनजर गर्दै बाल विवाह रोकथामका विभिन्न सचेतना कार्यक्रम चलाइने उपाध्यक्ष रोकायाको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्