Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीमा विश्वासको मतपछि मात्रै सरकार विस्तार गर्ने मुख्यमन्त्री शर्माको तयारी

tribeni2

सुर्खेत / कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मतपछि मात्रै सरकार विस्तार गर्ने तयारी गर्नुभएको छ । पुस २७ गते मुख्यमन्त्री राजकुमार शर्माले दुई जना विनाविभागीय मन्त्रीसहित नियुक्ति भएको भोलिपल्ट शपथ लिनुभएको थियो ।

शर्माले आफ्नै पार्टी नेकपा माओवादी केन्द्रका मंगलबहादुर शाही र नेकपा एमालेका विनोदकुमार शाहलाई विनाविभागीय मन्त्री बनाउनुभएको छ । त्यसयता नत मन्त्रिपरिषद् विस्तार हुन सक्यो, नत विनाविभागीय मन्त्रीहरुले मन्त्रालय पाए ।

सत्ता साझेदार दल एमाले र माओवादीबीच मुख्यमन्त्रीबाहेक बाँकी रहेका ६ मध्ये समान तीन/तीन मन्त्रालय लिने सहमति भएको छ । मन्त्रालयको संख्यामा भागबन्डा मिले पनि कुन मन्त्रालय कसले लिने भन्नेमा सहमति जुटन सकेको छैन् ।

सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीच कुरा नमिल्दा मुख्यमन्त्री शर्माले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको बताइएको छ । भोली ६ माघमा विश्वासको मत लिन लागेका शर्माले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको माओवादी केन्द्रका सांसद कृष्ण जिसीले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्