Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

tribeni2

काठमाडौं / सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभामा बिहीबार उहाँलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्‍यो ।

प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे ।

घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गर्नुभयो ।

सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले पनि उम्मेदवारी दिनुभएको थियो। तर पहिले घिमिरेको उम्मेदवारीमाथि मतदान हुँदा उहाँले बहुमत पाएपछि ईश्वरीको उम्मेदवारीमाथि छलफल नै भएन । उहाँलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।

घिमिरे झापा–२ बाट निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्