Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शिविर मार्फत अपाङ्गता परिचय पत्र वितरण गर्दै बाँफिकोट

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले घुम्ती शिविर मार्फत अपाङ्गता परिचय पत्र वितरण र अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य चेकजाँच गरेको छ । विहिबार गाउँपालिकाको कार्यालयमा संचालन भएको घुम्ती शिविरमा अपाङ्ग परिचय पत्र वितरण र अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य चेकजाँच गरिएको हो ।

उक्त घुम्ती शिविरमा ४७ जनाले अपाङ्ग परिचय पत्र प्राप्त गरेको बाँफिकोट गाउँपालिकाका प्रवक्ता प्रकाश खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ४७ जना मध्ये १३ जनाले (क) वर्गको, १८ जनाले (ख) वर्गको, ९ जनाले (ग) वर्गको र ७ जनाले (घ) वर्गको अपाङ्ग परिचय पत्र प्राप्त गरेका हुन ।
परिचय पत्र पाउनेहरुमा मा १५ जना महिला र ३२ जना पुरुष रहेका छन ।

त्यसैगरि घुम्ती शिविरमा जिल्ला अस्पताल सल्ले रुकुम पश्चिमका डाक्टर भिमकान्त जैसीले अपाङ्ग व्यक्तिहरुको स्वास्थ्य जाँच गर्नुभएको थियो ।
शिविरमा गाउँपालिका उपाध्यक्ष तारा बुढा केसी, प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओली, वडा नम्बर २ का अध्यक्ष एवं गाउँ कार्यपालिका प्रवक्ता प्रकाश खत्री लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्