Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
कृषिमन्त्री

कृषिमन्त्रीको सुझावः नगदे बाली गर्नुस्

काठमाडौं ११ जेठ ।
tribeni2

कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनालले नगदेबालीलाई प्राथमिकता दिन किसानलाई सुझाव दिएका छन् ।

खाद्यान्न बालीमा लागत अनुसार प्रतिफल कम हुने भएकोले किसानलाई नगदेबालीमा ध्यान दिन मन्त्री खनालले सुझाव दिए ।

कपिलबस्तुको मायादेवी गाँउपालिका पकडीमा आयोजित कार्यक्रममा मन्त्री खनालले कृषि क्षेत्र सुधारका लागि यस बर्षदेखि किसान परिचयपत्र वितरण सुरु गर्ने योजना रहेको जानकारी दिए ।

पहिलो चरण्मा ७ प्रदेशका सात जिल्लामा वितरण हुने परिचयपत्रले किसानको विवरण र वर्ग पहिचान हुनुका साथै परिचयपत्र अनुसारको किसान कल्याण कोषको शेयर पाउने मन्त्री खनालले बताए ।

परिचय वितरणका लागि केन्द्रिय तथ्यांक विभागसंग मिलेर योजना निमार्णको काम भैहरेको मन्त्री खनालले बताए ।

प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६  २०:०५
प्रतिक्रिया दिनुहोस्