Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आज विश्वासको मत लिँदै मुख्यमन्त्री शर्मा

tribeni2

सुर्खेत / कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । 

मुख्यमन्त्री शर्माले प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने पत्र गत मंगलबार दर्ता गर्नुभएको थिए। शर्माले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ।

आज विहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची सार्वजनिक गरिने कर्णाली प्रदेशकी उपसभामुख यशोदा न्यौपानेले जानकारी दिनुभयो।

आज विश्वासको मत लिन लागेका शर्माले विश्वासको मत लिए पश्चात मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्