Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शिक्षकको परिक्षामा रुकुम पश्चिमबाट एकजना मात्रै पास

१४ रिक्त कोटा फिर्ता
tribeni2

रुकुम पश्चिम / शिक्षक सेवा आयोगले सार्वजनिक गरेको प्राथमिक तह तृतीय श्रेणीको नतिजा अनुसार रुकुम पश्चिमबाट पास हुने शिक्षकको संख्या निकै कम रहेको पाइएको छ । आयोगले २०७८ माघमा रिक्त शिक्षक पदपूर्तिका लागि विज्ञापन खुला गरेको थियो ।

जसमा रुकुम पश्चिमको लागी प्राथमिक तहमा १५ रिक्त शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलेको थियो । उक्त विज्ञापन अनुसार २०७८ चैत १९ गते भएको प्रथम चरणको सामान्य परिक्षामा ६ जना उत्तीर्ण भएपनि २०७९ असार १३ गते भएको दोस्रो चरणको विषयगत परिक्षामा भने एक जना मात्रै उत्तिर्ण हुनुभएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेका जनक बोहोरा मात्रै दुवै चरणको परिक्षामा उत्तिर्ण हुनुभएको हो । आयोगका अनुसार कर्णाली प्रदेशबाट उत्तिर्ण परिक्षार्थीको अन्तर्वार्ता शिक्षा विकास तथा समन्वय इकाइ सुर्खेतमा २०७९ माघ २० गते हुने छ ।


आयोगले लिएको विषयगत परीक्षामा जिल्लामा चाहिए जति परीक्षार्थी उत्तीर्ण हुन नसकेपछि शिक्षाको गुणस्तर माथी नै प्रश्न उठ्न थालेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्