Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

काठमाडौँका लागी उडेको विमान झापामा अवतरण

tribeni2

बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौँका लागि उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । आज बिहान करिब साढे ७ बजे नेपालगञ्ज विमानस्थलबाट उडेको श्री एयरलाइन्सको ४४० विमान ९:०६ मा चन्द्रगढी विमानस्थलमा अवतरण गरेको विमानमा सवार यात्रु मदनकुमार गौतमले जानकारी दिनुभयो ।

काठमाडौंमा भिजिबिलिटी कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्