Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत

tribeni2

सुर्खेत /  कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

मुख्यमन्त्री नियुक्त भएको १० औँ दिनमा शुक्रबार प्रदेशसभामा शर्माले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा शर्माको पक्षमा २५ र विपक्षमा १४ मत खसेको थियो । नेकपा (माओवादी केन्द्र) को १३, नेकपा एमालेको ९, नेकपा एकीकृत समाजवादी र राप्रपाको १/१ र स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीको मत उहाँले प्राप्त गर्नुभएको हो ।

नेपाली कांग्रेसले भने विपक्षमा मतदान गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्