Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

लथालिंग अवस्थामा रहेका बिजुलीका पोल गाड्दै स्थानीय युवा

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर १४ मा लथालिंग पारिएको बिजुलीका पोलहरु स्थानीय युवाहरु मिलेर गाडेका छन । वडाको विभिन्न ठाउँमा लथालिंग अवस्थामा रहेका बिजुलीका पोलहरु युवाहरु जुटेर गाडेका हुन ।

नगरपालिकाको वडा नम्बर १२ जुम्लीपोखरी देखि तिमीले सम्ममा गत वर्ष नै आएका पोलहरु अलपत्र अवस्थामा छोडिएको थियो ।

शुक्रबार र शनिबार युवाहरुको पहलमा ३० वटा पोलहरु गाडिएको उक्त कार्यमा सहभागि युवा भिमबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार पोल चौरजहारी ११ को जोगिनेटादेखि चौरजहारी १४ को तिमीलेसम्म गाडिएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्