Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

७० जना सिडिओ र सहायक सिडिओहरुको सरुवा

रुकुम पश्चिममा हरि प्रसाद पन्त
tribeni2

काठमाडौँ / गृह मन्त्रालयले ७० प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको सरुवा गरेको छ । शुक्रबार गृहमन्त्रालयले एकैपटक ७० जना सिडिओ र सहायक सिडिओहरुको सरूवा गरेको हो ।

शुक्रबार बसेको उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव)समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी रुकुम पश्चिममा जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी (उपसचिव) हरि प्रसाद पन्तलाई सरुवा गरिएको छ भने रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई रोल्पाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्