Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पुथाउत्तरगंगा गाउँपालिकाको १४ औँ गाउँसभा सम्पन्न

२०७९ माघ ९
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको १४ औँ गाउँसभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम संशोधन, आर्थिक वर्ष २०७९/०८० को साउन १ गते देखि पुस ३० गते सम्मको आय र व्यय सार्वजनिक गर्नुका साथै प्रगति समीक्षा गर्दै आइतबार गाउँसभा सम्पन्न भएको गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँसभाले आर्थिक वर्ष २०७९/०८० को आर्थिक कारोबार, अन्य विभिन्न समितिहरूले २०७९ साउन देखि हाल सम्म विभिन्न मितिमा बैठक बसी पारित गरेका विभिन्न कार्यक्रम, रकमान्तर, विविध निर्णय, ऐन, नियम, कार्यविधि, निर्देशिका र अन्य कानुनको अनुमोदन समेत गरेको छ ।

यस्तै आवधिक योजनाबारे छलफल तथा ढोरपाटन सिकार आरक्षमा सिकार मार्फतको कर गाउँपालिकामा पनि करको दायरा लिनका लागि पहल गर्ने गाउँसभाले निर्णय गरेको समेत गरेको छ ।

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १०:०१
प्रतिक्रिया दिनुहोस्