Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

वडा अध्यक्ष सिर्पाली सुत्केरीका घर-घरमै पुगेर 'स्याहार खर्च' दिदैं

हालसम्म वडाका २३ सुत्केरीलाई खर्च हस्तान्तरण
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमका एक वडा अध्यक्ष सुत्केरीको घर-घरमै पुगेर 'स्याहार खर्च'  दिदैं हिड्नु भएको छ । जिल्लाको र १२ का वडा अध्यक्ष धिरन सिर्पालीले सुत्केरीको घर-घरमै पुगेर 'स्याहार खर्च'  वितरण गर्दै आउनुभएको छ ।

पछिल्लो पटक वडा नम्वर १२ खारकोट सेरङकी दिपा चन्द आग्रीलाई घरमै पुगेर सुत्केरी स्याहार खर्च उपलब्ध गराएको वडा अध्यक्ष सिर्पालीले जानकारी दिनुभयो । उहाँका अनुसार आग्रीले सुत्केरी स्याहार खर्च प्राप्त गरेसँगै वडाका हालसम्म २३ जना सुत्केरीले खर्च प्राप्त गरेका छन । वडाले तीन हजार रुपियाँको दरले सुत्केरी स्याहार उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १०:०१
प्रतिक्रिया दिनुहोस्