Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीका ७९ प्रतिशत नागरिक स्वास्थ्य बीमाबाट बञ्चित

रुकुम पश्चिमका ७० हजार २५१ नागरिक बिमाको पहुँचमा
tribeni2

कर्णाली प्रदेश / करिब १७ लाख जनसंख्या रहेको कर्णाली प्रदेशमा हाल सम्म साढे ३ लाख नागरिक मात्रै स्वास्थ्य बीमाको पहुँचमा पुगेको सरकारी तथ्यांक छ । जुन कुल जनसंख्याको २१ प्रतिशत मात्रै हुन आउँछ । यसरी हेर्दा कर्णाली प्रदेशका १३ लाख ३८ हजार २ सय ६६ जना अर्थात ७९ प्रतिशत नागरिक अझै स्वास्थ्य बिमाबाट बन्चित रहेको सरकारी तथ्यांकले देखाएको छ ।

वर्षिक ३५ सय रुपैया तिरेपछि ५ जनाको परिवारले १ लाख सम्मको निशुल्क उपचार पाउने व्यवस्था छ । कार्यक्रम संचालन भएको ५ वर्ष बित्दा कर्णालीमा करिब १७ लाख जनसंख्या रहेकोमा हाल सम्म ३ लाख ५६ हजार ६ सय ३८ नागरिक मात्रै बिमाको पहुँचमा पुगेका हुन् ।

राष्ट्रिय बिमा बोर्डको तथ्यांक अनुसार रुकुम पश्चिमका ७० हजार २५१ नागरिक बिमाको पहुँचमा पुगेका छन् । यस्तै सुर्खेतका ७५ हजार ४२३ जना, दैलेखका २० हजार ३४४ जना, हुम्लाका १४ हजार १४२,सल्यानका ९ हजार २०१ नागरिक बिमाको पहुँचमा पुगेका छन् । साथै डोल्पाका २ हजार ६६०, जाजरकोटका ४४ हजार २१७, कालिकोटका ४५ हजार ५५४ र मुगु जिल्लाका ६ हजार ९३ जना र जुम्लाका ६७ हजार ७ सय ३७ गरी कर्णालीका जम्मा ३ लाख ५६ हजार ६ सय २३ जना नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेको स्वास्थ्य बिमा बोर्डको तथ्यांकमा उल्लेख छ ।

हाल सम्म कर्णालीका सबैभन्दा बढी सुर्खेत र कम डोल्पाका नागरिक बिमित रहेका छन् ।

 

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्