Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नगरभित्रका विद्यालयहरुको अुनगमन गर्दै मुसिकोट

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको एक नगरपालिकाले आफ्नो पालिका भित्रका विद्यालयहरुको अनुगमन गर्न सुरु गरेको छ । जिल्लाको मुसिकोट नगरपालिकाले नगरभित्रका विद्यालयको भौतिक तथा शैक्षिक अवस्थाको बारेमा जानकारी लिन विद्यालय अनुगमन सुरु गरेको हो ।

नगरपालिकाले सोमबार वडा नम्वर ८ को सरस्वति आधारभूत विद्यालय तिरसिङ, शाइकुमारी प्राथामिक विद्यालय क्वाम्मा र वडा नम्वर ७ को सुर्यदय आधारभूत विद्यालय ग्वाम्माखोलाको विद्यालयको अनुगमन गरेको सामाजिक विकास समितिका संयोजक एक्कबहादुर पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार वृहत् शैक्षिक सुधार कार्यक्रम अन्तरगत विद्यालयमै पुगेर विद्यालयहरूको शैक्षिक तथा भौतिक पूर्वाधारको अवस्थाको बारेमा जानकारी लिन विद्यालय अनुगमनको काम सुरु भएको हो ।

अनुगमनको क्रममा विद्यालयमा देखिएका समस्या, अभिभावक र विद्यार्थीका कुरा, शिक्षकका समस्या र अनुभवको बारेमा जानकारी लिइएको छ । त्यस्तै विद्यालयको भौतिक अवस्था, विद्यालय प्रति अभिभावकको भुमिका लगायत विषयमा पनि विद्यालयमै पुगेर छलफल हुने गरेको छ ।

विद्यालयको अवस्थाको बारेमा जानकारी लिएको र नगरपालिकाका सबै विद्यालयहरूको अनुगमन पछि विद्यालयको अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गरिने वडा नम्बर ५ का अध्यक्ष एवं नगर शिक्षा समिति सदस्य समिरजंग मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १०:०१
प्रतिक्रिया दिनुहोस्