Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मौराखारा लेखमा सानीभेरीको कार्यपालिका बैठक सम्पन

tribeni2

रुकुम पश्चिमको सानीभेरीे गाउँकार्यपालिकाको ११ औं बैठक सम्पन्न भएको छ । सोमबार सानीभेरीको मौराखारामा बसेको गाउँकार्यपालिका बैठकले पालिकामा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य सहित ११ वटा निर्णय पारित गरेको गाउँपालिकाका प्रवक्ता पहलसिंह घर्ती मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले मौराखारा पर्यटकिय क्षेत्र विकासका लागी बजेट माग गर्ने, आवधिक योजना निर्माण गर्ने र त्यसका लागी निर्देशक समिती गठन गर्ने, आवधिक योजना निर्माण तर्जुमा गर्नको लागी तथ्यांक पेश गर्ने सम्बन्धि सम्बन्धित वडाहरुबाट विवरण संकलन गर्ने समयसिमा सहितको निर्णय पारित गरेकोे छ ।

यस्तै हिउँदे गाउँसभाको मिति तोक्ने र गुरिल्ला म्याराथनको पुरस्कार राशी निर्धारण गर्ने, सरकारले गर्ने भनेको सेवा प्रवाहलाई चुस्तदुरुस्त गर्ने र भ्रष्टाचारलाई शुन्य सहनशिलतामा अगाडी बढाउने निर्णय गरेको छ ।

त्यसैगरि समुद्री सतहबाट २९ सय मिटर उचाइमा रहेको मौराखारा क्षेत्रलाई इको टुरिज्मको रुपमा विकास गर्ने, मौराखारा क्षेत्रको जैविक विविधतालाई समुदायद्धारा संरक्षण क्षेत्रको रुपमा विकास गर्ने, मौराखारा क्षेत्रमा रहेको वन, बन्यजन्तु, जडिबुटि, चराचुरुगीं लगायतका प्राकृतिक स्रोत साधनको सहि सदुपयोग गरि पर्यटन प्रवद्र्धन मार्फत उत्पादन शिल रोजगारी सिर्जना गर्न तयार गरिएको विस्तृत परियोजना (डिपिआर) पारित गर्ने, मौराखारा क्षेत्रको जैविक विविधता बचाइराख्नका लागी नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, यस क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय तथा राष्ट्रिय सरकारी तथा गैरसरकारी संघ सस्थाहरु तथा विकास साझेदार निकायहरु जिल्ला स्थित वन कार्यालयसंग समन्वय र सहकार्य गर्ने, मौराखारा क्षेत्रमा जैविक पदमार्गको विकास गरी पर्यटन प्रर्वद्धन गर्न सानीभेरी ४ टुरा वडा नम्बर ३ को कमैदे र ५ को हाँसपोखरी भन्दा उपल्लो भेगमा मोटरबाटो विस्तार नगर्ने साथै उक्त भुभागको भर्जीनेटी बचाइराख्न आठबिसकोट नगरपालिकासँग आवश्यक समन्वय सहकार्य गर्ने जस्ता निर्णय भएको प्रवक्ता घर्तिले उल्लेख गर्नुभयो ।

मौराखारा क्षेत्रलाई पर्यावरणसँगै युद्ध पर्यटनको रुपमा विकास गर्न आवश्यक पूर्वाधार विकासका लागी संघ प्रदेश र पालिकाको साझेदार गर्ने, विस्तारै संघ र प्रदेशको विशेष अनुदानमा यस क्षेत्रलाई पुर्वाधार निर्माणका लागी प्राथमिकीकरण गर्ने, मौराखारा क्षेत्रमा धार्मिक पर्यटन विकास गर्ने मठमन्दिरको सरंचना निर्माण गर्ने, एग्रो फरेस्टी मार्फत कुषि पर्यटन विकास गर्न आवश्यक अध्ययन अनुसन्धान गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्धनको लागी सानीभेरीको कमैदे टुरा र हाँसुपोखरी क्षेत्रमा सानीभेरीको पहिचान झल्काउने आवास सुविधा सहितको होमस्टे विकास गर्ने, वन पैदावर चोरी निकासीको नियन्त्रणको लागी र वनको हैसियत जोगाउन विभिन्न निकायसँग समन्वय साझेदार गर्ने, गुरिल्ला म्याराथनलाई सानीभेरीको ब्राण्डको रुपमा विकास गर्ने र त्यसको मुख्य क्षेत्रको रुपमा मौराखारा क्षेत्रलाई व्यवस्थित गर्ने  बैठकमा निर्णय भएको छ ।

 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्