Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाँफिकोट गाउँपालिकाको १२ औं कार्यपालिका बैठक सम्पन्न

tribeni2

 रुकुम पश्चिम / रुकुम पश्चिमको बाँफिकोट गाउँकार्यपालिकाको १२ औं बैठक सम्पन्न भएको छ । सोमबार गाउँपालिकाको कार्यालयमा बसेको गाउँकार्यपालिका बैठकले विभिन्न निर्णयहरु गर्दै बैठक सम्पन्न भएको हो ।

बैठकले गाउँपालिकाका भित्र रिक्त विभिन्न पदहरुको विज्ञापन आह्वान गर्ने निर्णय गरेको बाँफिकोेट गाउँपालिकाका प्रवक्ता प्रकाश खत्रीले जानकारी दिनुभयो ।

हाँका अनुसार बैठकले रिक्त कार्यालय सहयोगीको लागि सामान्य लेखपढ र २१ देखि ४० बर्षको हुनुपर्ने छ भने गाउँपालिकाको कानुनी सल्लाहकारको लागि कानुनमा स्नातक उतिर्ण गरेको हुनुपर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले बाँफिकोट गाउँपालिकाको सार्वजनिक सुनुवाई माघ १७ गते गर्ने र हिउँदे गाउँसभा माघ २३ गते गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्