Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आज मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री शर्मा

tribeni2

सुर्खेत / कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज (बुधबार) मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको छ । आज बेलुका सम्ममा मन्त्रीपरिषद विस्तार हुने बताइएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागवण्डा मिलेपछि मन्त्रिपरिषद् विस्तार हुने लागेको हो । मंगलबार बसेको दुई दलको बैठकले मन्त्रालय भागवण्डाको विषय टुङ्गाएका थिए ।

भागवण्डा अनुसार नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा शहरी विकास, आन्तरिक मामिला तथा कानुन र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय, नेकपा एमालेले आर्थिक मामिला तथा योजना, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको छ ।

कर्णाली प्रदेशमा ८ सदस्यीय मन्त्रिमण्डललाई घटाएर सोमबार ७ सदस्यीय मन्त्रिमण्डल बनाइएको छ।

 

 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १०:०१
प्रतिक्रिया दिनुहोस्