Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

'सेफ हाउस' सन्चालन सम्बन्धी परामर्श बैठक

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा संचालनमा रहेको अल्पकालिन आवास गृह (सेफ हाउस) सन्चालन सम्बन्धी परामर्श बैठक सम्पन्न भएको छ । बुधबार जिल्लाको मुसिकोट नगरपालिका १ मा रहेको सेफ हाउसको कार्यालयमा सन्चालन सम्बन्धी परामर्श बैठक सम्पन्न भएको हो ।

परामर्श बैठकले सेफ हाउस सन्चालनमा देखिएका चुनौति र सेफ हाउसको दिर्घकालिन सन्चालनको विषयमा छलफल गरेको र केही निर्णय भएको सेफ हाउस सन्चालन सम्बन्धी परामर्श बैठक गरिएको सेफ हाउस सन्चालन समितीले जानकारी दिएको छ । त्यसैगरि बैठकका क्रममा अल्पकालिन आवास गृहमा हिंसा पीडित महिलाको सुरक्षा अवस्थाको विषयमा समेत कुरा उठेको थियो ।

आवास गृहमा आउने पिडित महिलाहरुको लागी र आवास गुहको दीर्घकालीन व्यवस्थापनको लागी स्थानीय सरकारसँग र अन्य निकायसँग समन्वय गर्नै निर्णय भएको समेत महिला मानव अधिकार रक्षक संन्जाल रुकुम पश्चिमका अध्यक्ष ब्युंझना पुन देवकोटाले जानकारी दिनुभयो ।

सेफ हाउसले बलात्कारको सिकार भएका, घरेलु हिंसाको चपेटामा परेर मानसिक विचलनको अवस्थामा पुगेका जस्ता पीडित महिलाहरुको लागि उद्धार, सुरक्षा र परामर्श गर्दै आएको छ ।

देवि ओलीको अध्यक्षता रहेको उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे जिल्ला प्रहरी कार्यालयमा प्रमुख तथा प्रतिनिधि, जिल्ला बार एशोसिएसनका प्रमुख तथा प्रतिनिधि, जिल्ला सरकारी वकिल कार्यालयका प्रमख तथा प्रतिनिधि, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा प्रतिनिधि लगायत सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्