सोसल मिडिया
स्ववियु,स्वतन्त्र विद्यार्थीहरुको युनियन अर्थात २र२ भन्दा वढी विद्यार्थी संगठनहरु को अम्ब्रेला संगठन हो। क्याम्पस, महाविद्ध्यालयमा अध्यनरत स्नातक, स्नातकोत्तर विद्यार्थीले निर्वाचन मार्फत चुनिने नेर्तित्व नै स्वबियु हो। यसलाई मिनि संसद को रुपमा हेरिन्छ। भने महाविद्द्यालय लघु समाजकै रुपमा चिनिने भएकोले स्ववियु को गरिमा बढेको छ। विद्यार्थी आन्दोलनको एक महत्वपूर्ण उपलब्धिका रुपमा लिइने स्ववियु निर्वाचन नभएको निकै लामो समय भैसकेको छ। एकातिर मिनि संसद को रुपमा हेरिने स्ववियु निर्वाचन अनिश्चितताले सिङ्गो विद्यार्थी सङ्ग्ठनहरु को भविष्य मा अन्योलता देखिएको छ। भने,अर्को तर्फ विद्यार्थी को सन्दर्भमा स्ववियुको औचित्य र सान्दर्भिकता के हो ? सँग सँगै अवको विद्यार्थी राजनितीको आवश्यकता के कति छ। भनेर अहिले प्रश्न उठिराखेका छन। के यसको पछाडि सृजनात्मक भन्दा ध्वङ्सात्मक क्षेत्रमा यस्को प्रतिस्पर्धा वढी छ।
संवत २०४६ अगाडि पन्चायती व्यवस्थामा प्रतिवन्धित रहेको सन्दर्भमा राजनैतिक दलले आफ्नो विचार र दृस्ठिकोण समाजमा लैजाने माध्यम विद्यार्थी राजनिती थियो। जयन्तु सस्कृत आन्दोलनले आरम्भ गरेको विद्यार्थी आन्दोलन २००७ सालमा राना विरोधी आन्दोलनको नेतृत्व गर्दै वलिदानी भूमिका निर्वाह गर्यो।बनारसमा पढिरहेका नेपाली विद्यार्थीहरु दोस्रो विश्वयुद्द पछि आएको उपनिवेशिकरन र साम्राज्यवाद विरोधी र लोकतन्त्रको युग चेतनाको कारण नेपाली जनतामा आधारित राजनितीक विकास र राना शाही को अन्त्यको आन्दोलन गरे ।
२०३६ सालको जनमत सङ्ग्रह पनि विद्यार्थी आन्दोलनको दवाब कारण घोषित भयो। २०४६ सालको लोकतान्त्रिक आन्दोलनमा पनि विद्यार्थीले नै महत्वपूर्ण योगदान दिए। त्यसपछि विद्यार्थी आन्दोलन को २०५२ मुलुक हिंसात्मक तर्फ डोरिएका केही यसको सान्दर्भिकता घटेको हो। भने २०५९/६१ तिर ज्ञानेन्द्रको प्रत्यक्ष शासनका विरुद्ध फेरि आवश्यक पर्यो। र मुभ्मेन्टकै शुरूवात भयो। जसले गणतन्त्रको नारा लगाए।मुलुक संघिय लोकतान्त्रिक गणतन्त्र आयो। तर राजनैतिक दलको छत्र छायमा कुन्ठित भएका भातृ संगठन केवल दलका गुलाम र उनकै पेरि फेरि मै छन। जसले स्ववियुको औचित्यपूर्ण घटेको छ। नयाँ कुरा बाट अग्रगामी छलाङ्ग तर्फ अग्रसित हुन नसक्नुले अहिले विद्यार्थी आन्दोलनको समाजमा प्रश्न उठिसकेका छ्न। जसले दलाल पुजिको विकसित रुप हुँदै गाउँको अर्थतन्त्र समेत परनिर्भर हुँदै गएको छ। जुन जे जति मेसेन्जर प्रवाह गर्नु पर्थ्यो विद्यार्थीले त्यो गर्न नसके को पक्कै हो। वदलिदो परिवेशमा स्ववियु पनि वदलिन आवश्यक छ। विद्यार्थी राजनिती भनेको भोलिको रास्ट्र कता लैजाने भन्ने परिपाटी को वेलैमा सिक्ने मौका पनि हो। विचार बाट प्रश्न्नित हुन आवश्यक छ। त्यसैले कसले जित्ने, हार्ने को सवाल होइन। स्ववियु निर्वाचन गराउने नगराउने सवाल होइन। चुनाब भनेको एउटा परिक्षा हो। र चुनाबमा हारजित स्वभाबिक छ। त्यो भन्दा पनि महत्वपूर्ण कुरा एउटा प्रणाली को सुरुवात गर्नु हो।
वास्तवमा,स्ववियु विद्यार्थीको हक र अधिकार प्राप्तिका लागि मात्र नभई जनजिबिकाका सवाल र राष्ट्रियता प्रश्नमा पनि उत्तिकै महत्वपूर्ण छ। त्यसैले स्ववियु निर्वाचन लाई पनि समय सापेक्ष बनाउदै लैजानु आवश्यक छ। केही विद्यार्थी नेताको कुसंस्कार कारण दुस्प्र्याश भएको हो। छ, नक्कली विद्यार्थी लाखौ खर्च गरेर भर्ना भएका ती विद्यार्थीहरु केवल स्ववियु को नेतृत्व हत्याउन मात्रै चाहे आफू निर्वाचित भएको क्याम्पस महाविद्ध्यालय को सम्पूर्ण विद्यार्थीको हक हित अधिकार र कर्तव्य भुलेर दायित्व र जिम्मेवारी बाट पन्छिन खोजेको जस्तो असाध्यै व्यत्तिगत हावि हुनुले जिम्मेवार नेतृत्वको परकाष्ठका रुपमा लान्छित भएका छन। जसले गर्दा आफू र आफ्नो संगठनको आचरण, व्यवहारमा सुधार आउन सकेन जसका कारण अहिले स्ववियु निर्वाचन मात्रै नभएर २०६२/६३ पछि समग्र विद्यार्थी आन्दोलनमा नै अन्योलता छाएको छ।
स्ववियुको वढ्दो उचाई खस्किदो अवस्था मा छ। जहाँ संगठित भावना,दर्शन सैद्धान्तिक पक्ष, प्रवित्तिका कारण धरातल मै प्रश्न उठिरहेका छन। त्यसैले विद्यार्थी राजनिती र कलेजमा भएका विकृती विसङ्गती प्रती को निराकरण गर्नु हो। २/२ भन्दा बढी स्वार्थहरु लाई समायोजन गरेर समाधान गर्नु हो। एक अर्का प्रती सिप एटिच्युड व्यवहारको विकास गर्नु हो। जसले धर्म,जातजाति,भासाभासी, सस्कृती को विकास गर्नु हो। लोकतन्त्र को मन्च निर्माण गर्नु हो। विध्यार्थी संगठनहको यो एवटा राम्रो मौका पनि हो। यसलाई सदपयोग सकिएन भने विद्यार्थी आन्दोलन बाट प्राप्त ठूलो मूल्य चुकाउनु पर्ने छ। स्ववियु उम्मेदवार हुनका लागि वर्सौ सम्म क्याम्पस ढुक्ने प्रवित्ती लाई निरुत्साहित गर्नै पर्दछ। उल्टो बाटोमा हिडेको स्ववियु निर्वाचन लाई सुल्टो बाटोमा हिडाउने, समाज लाई आशा र भरोसा दिने अहिले विद्यार्थी संगठन र तिनका नेताले एउटा जोखिम मोल्नै पर्ने छ। अन्त्यमा, स्ववियु र विद्यार्थी आन्दोलन ठूलो धरापमा पर्ने छ। नविर्सौ विद्यार्थी राजनिती आन्दोलन भोलिको राजनितिको आखिझ्याल हो। यसमा कसैले खेलवाड नगरौ ।
- चिरञ्जीवी मल्लपूर्व स्ववियु उपसभापति मुसिकोट खलंगा बहुमुखि क्याम्पस रुकुम (पश्चिम)