Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जन्मदिनको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमका एक युवाले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ ।

जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ७ का हुकुम विसीले विद्यालयमा अक्षकोष स्थापना गर्नुभएको हो । आफुले अध्ययन गरेको विद्यालय श्री आधारभुत विद्यालय नार्जि चौरजहारी ७ मा ११ हजार १ सय ११ रुपैयाँको जन्मदिन नामक अक्षकोष स्थापना गरेको बिसीले बताउनुभयो ।

बिद्यालयमा पढ्ने गरीव तथा जेहेन्दार बिद्यार्थीको पठनपाठनमा समस्या नहोस् भनेर अक्षयकोष स्थापना गरेको पनि उहाँले बताउनुभयो । आगामी दिनमा सो कोषलाई बढाउँदै लैजाने योजना रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

आफ्नो जन्मदिनलाई तडक भडकका रुपमा फजुल खर्च गरेर मनाउनुभन्दा आफुले आधारभुत तहमा अध्ययन गरेको विद्यालयमा अक्षकोष स्थापना गर्न पाउदाँ खुसी लागेको समेत बिसीले बताउनुभयो ।

विद्यार्थी राजनिती गर्दै आउनुभएका बिसी लामो समयदेखि जिल्लाका सामाजिक गतिबिधिमा सक्रिय रहनुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १०:०१
प्रतिक्रिया दिनुहोस्