Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रवि लामिछानेको सांसद, मन्त्रीसँगै सभापति पद चट्

नागरिकता मुध्दामा रवि लामिछाने दोषी ठहर
tribeni2

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुध्दको नागरिकतासम्बन्धी मुध्दामा सर्वोच्च अदालतले उनलाई दोषी ठहर गरेको छ । 

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासले लामिछानेले नागरिकता पुन: प्राप्तिको प्रक्रिया पुरा नगरेकोले यस्तो फैसला सुनाएको हो ।

अदालतको यो फैसलासँगै लामिछानेको सांसद, मन्त्री र पार्टीको सभापति पद खारेज भएको छ । नेपालको संविधानले प्रतिनिधिसभा सदस्य पदका योग्यतामा नेपाली नागरिक हुनुपर्ने भनेको छ । जसका कारण लामिछानेको उम्मेदवारी मनोनयनदेखि अहिलेसम्मको सबै प्रक्रिया रद्द भएको छ । साथै उनी पार्टीको सभापति हुन पनि अयोग्य भएका छन् । 

अदालतको यो फैसलाले अब उनको पासपोर्टसमेत छानविनको दायरामा आउने छ । लामिछानेले सन् २०१४ मा अमेरिकी पासपोर्ट लिएका थिए भने २०१५ मा नेपालमा पासपोर्ट बनाएका थिए । त्यसको तीन वर्षपछि मात्र उनले अमेरिकी पासपोर्ट त्यागेका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १८:०१
प्रतिक्रिया दिनुहोस्