Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

लैङ्गिक हिंसाले महिलाको स्वास्थ्यमा पार्ने प्रभाव र न्यूनिकरण सम्बन्धि अन्तरक्रिया

२०७९ माघ १५
tribeni2

रुकुम पूर्व  / रुकुम पूर्वको सिस्ने गाउँपालिकामा लैङ्गिक हिंसाले महिलाको स्वास्थ्यमा पार्ने प्रभाव र न्यूनिकरण सम्बन्धिको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

तान नेपालको सहयोगमा सिस्ने गाउँपालिकामा वर्तमान समयमा लैङ्गिक हिंसाले महिलाको स्वास्थ्यमा परेको प्रभाव र न्यूनिकरणको लागि स्थानीय सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । वर्तमान अवस्थामा लैङ्गिक हिंसा बढ्दो रुपमा छ । हिंसा महिला पुरुष दुवै माथी हुने गरेका छन् । तर तथ्याङ्कलाई आधार मानेर तुलना गर्दा हिंसाबाट पुरुष भन्दा महिला बढी पिडित हुने गरेको बताउदै विभिन्न कारणले हुने हिंसाले महिलाको स्वास्थ्यमा कस्तो खालको समस्या उत्पन्न हुने गर्छन् र ती समस्यालाई कसरी समाधान गरेर जान सकिन्छ भन्नेतीर अन्तरक्रिया कार्यक्रम केन्द्रित थियो ।

अझ ग्रामीस्तरमा चेतनाको कमीले हिंसा गर्नेले गरिरहने र पिडितले पनि हिंसा सहेर बसिरहेको पाइन्छ । आजको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले पनि आफुहरुमाथी कूनै न कूनै कारण हिंसा भइरहेको बताएका छन् । उनिहरुले जातको कारण परिवारबाटै पिडित हुनुपरेको बताएका छन् । यस्तै दाइजोको कारण मदिरा सेवन गरेर आफुमाथी कुटपिट गरेको, अंशबाट बन्चित गरेको लगाएतका समस्याहरु महिलाहरुले अन्तरक्रिया कार्यक्रममा राखेका थिए ।

उनिहरुले आवश्यक ज्ञान अभावको कारण कानुनी उपचारको बाटोमा जान नसकेको कुरा पनि कार्यक्रममा राखेका थिए । कार्यक्रमलाई संबोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मि, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य, स्वास्थ्य कार्यालयका प्रमुख नारायण चौधरीले चेतना अभावको कारण यी सबै समस्याहरु निम्तिने गरेको बताउनुभयो । महिलाहरु आत्मनिर्भर बन्न नसक्दा पनि पुरुषहरुले अझ बढी महिलामाथी हिंसा गर्ने गरेको उहाँहरुको भनाई छ ।

हाम्रा परम्परागत संस्कारले पनि हिंसालाई जोडेर राखेको भनाई उहाँहरुले राख्नुभयो । विभिन्न कारण हिंसामा परेका महिला पुरुष सबैलाई क्षेत्राधिकार भित्र रहेर न्याय दिन र न्यायको ढोकासम्मको बाटो देखाउन तथा हिंसा न्यूनिकरणमा कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । अन्तरक्रिया कार्यक्रमको सहजिकरण ओरेक नेपाल रुकुम(पश्चिम) का संयोजक दिपा धितालले गर्नुभएको थियो ।

कमला केसीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको प्रमुख र सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिको विशेष आतीथ्यता रहेको थियो । कार्यक्रममा सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी दाहाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण खत्रीसहित गाउँपालिका सम्बन्धित निकायका व्यक्ति र गाउँपालिकाभित्रका महिलाहरुको उपस्थिती रहेको थियो । अन्तरक्रिया कार्यक्रमको सञ्चालन विष्णु देवकोटाले गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १०:०१
प्रतिक्रिया दिनुहोस्