सोसल मिडिया
रुकुम पश्चिम / नेकपा एमाले निकट राष्ट्रिय युवा संघ रुकुम पश्चिमको दशौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार पार्टी कार्यालय बागबजारमा भएको दशौं जिल्ला अधिबेशनले नवराज मल्लको नेतृत्वमा ३५ सदस्यीय कमिटि निर्माण गरेको छ ।
जसको उपाध्यक्ष नेत्र बहादुर के सी , सचिव खड्क बहादुर खड्का , उप–सचिवमा आदित्य मल्ल र सुप्रिया पुरी र कोषाध्यक्षमा खकेन्द्र ओली रहनुभएको छ । लालबहादुर बुढाको अध्यक्षतामा भएको अधिबेशनमा युवा संघका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज जोन आर्सीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै पाटीका प्रदेश कमिटी सचिवालय नारायण कुमार शाह, जिल्ला अध्यक्ष नन्दराम देवकोटा, सचिव शशिराम नेपाली लगायतको आतिथ्यता रहेको थियो ।।