Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आज साँखमा पापिनी मेला लाग्दै

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिका -७, साँख दहमा आज पापिनी मेला लाग्दै छ । धार्मिक तथा सांकृतिक महत्व बोकेको पापिनी मेला हरेक वर्षको माघ १५ र १६ गते लाग्दै आएको छ । माघ १५ गते अर्थात आज साँख दहमा पापिनी बिहे गर्ने र १६ गते मेला लाग्ने चलन रहेको छ ।

मेलामा सम्पूर्ण विधि–प्रक्रिया गरेर धुमधामले पापिनी बिहे गरिन्छ । तर विहे भने ‘नक्कली’ हो । विहेमा बेहुला र बेहुली पनि नक्कली नै हुन्छन् । गाउँका दुवै केटीलाई बेहुला र बेहुलीको भूमिकामा राखिन्छ । पापिनी बिहेमा बेहुला र बेहुली पक्षका अभिभावक, बिहे गर्ने र गराउने, जन्ती जाने, भोजभतेरमा सहभागी हुने सबै अविवाहित हुन्छन् । सबै कार्यमा महिलाको मात्रै सहभागिता हुने गरेको छ ।यसरी धुमधामका साथ नक्कली बिहे गर्ने यो मेलाको मुख्य परम्परा हो । पापिनी विहे पश्चात मेला मनाउँने प्रचलन रहेको छ ।

साँखमा मानव बस्ती सुरुभएदेखि नै साँख दहमा नाटकीय विवाह गर्ने चलन सुरु भएको किंवदन्ती छ । हरेक वर्ष नाटकीय विवाह र नाचगान नगर्दा गाउँमा मान्छे मर्छन् भन्ने जनविश्वास लामो समयदेखि रही आएको छ । त्यसैले पनि होला हरेक वर्ष साँखका गाउँले पापिनी तयार गर्छन् र परम्परा चलाउँछन् । परम्परा चलाउने पुरै जिम्मा कन्यालाई मात्रै भएको स्थानीयले बताउछन । साँख गाउँका स्थानीयका अनुसार परम्परा चलाउने कन्यालाई नै ‘पापिनी’को नाम दिइएको हो ।

 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्