Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कुष्ठरोग दिवसको अवसरमा बिरामीलाई फलफुल वितरण

tribeni2

रुकुम पश्चिममा ७० औं विश्व कुष्ठरोग दिवस मनाइएको छ । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिममा "कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं" भन्ने मुल नारासहित ७० औं विश्व कुष्ठरोग दिवस मनाइएको हो । हरेक वर्षको जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवस मनाइन्छ ।

कुष्ठरोग दिवसको अबसर पारी स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले स्वास्थ्य सेवा कार्यालयमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि कुष्ठरोग सम्बन्धि अभिमुखिकरण गरेको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका जनस्वास्थ्य अधिकृत कालीबहादुर ओलीले बताउनुभयो ।

उहाँका अनुसार उक्त दिवसकै अवसरमा जिल्ला अस्पतालमा भर्ना भएका सबै बिरामिहरूलाई फलफूल वितरण गरिएको छ ।

१३ वर्ष पहिले २०६६ सालमा नेपालमा कुष्ठरोग निवारण भएको घोषणा भएको थियो ।

 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्