Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
विप्लव बन्द

विप्लवको बन्दः नवलपुरमा दुइ स्थानमा बिष्फोट

नवलपुर १३ जेठ
tribeni2

सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द विप्लव नेतृ्तवको नेकपाले आव्हान गरेको नेपाल बन्दको प्रभाव आज विभिन्न जिल्लामा देखिएको छ । बन्दको पुर्वसन्ध्यामा नवलपुरका दुई स्थानमा बिष्फोट गराइएको छ । 


नवलपुरको बुलिङटारमा मध्यराती सिलिण्डर बम बिस्फोट भएको छ । बिस्फोट विप्लप समुहले गराएको अनुमान गरिएको प्रहरी चौकी बुलिङटारका प्रमुख प्रहरी नायब निरिक्षक सुन्दर गुरुङले जानकारी दिए ।

गुरुङको अनुसार मध्यरातिमा सिलिण्डरमा आगो लगाई विस्फोट गरिएको थियो । बुलिङटार ३ को खेतमा उक्त्त सिलिण्डरमा आगो लगाई विस्फोट गराएको प्रहरीले जनाएको छ । त्यस्तै मध्यबिन्दु नगरपालीका ११ अरुणखोलामा पेट्रोल बम प्रहार भएको छ । पश्चिम बाट पूर्ब आउदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको प्रहरी चौकी अरुणखोलाले जनाएको छ ।

पेट्रोल बम ट्रक चालकको क्षेत्रमा नै प्रहार गरेपछि चालकले ट्रक छोडी हिडेका थिए । जसको कारण ट्रक समेत दुर्घटनामा परेको प्रहरी चौकी अरुणखोलाले जनाएको छ ।

नेकपाले युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको बिरोधमा आज गते नेपाल बन्दको घोषणा गरेको हो ।

घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेपछि गत बुधबार एक विज्ञप्तिमार्फत जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६  ०६:०५
प्रतिक्रिया दिनुहोस्