Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबीसकोटमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा स्काभेटर दुर्घटना हुदाँ चालक घाइते भएका छन ।

जिल्लाको आठबिसकोट नगरपालिका २ साजेबगरमा शनिबार स्काभेटर दुर्घटना हुँदा चालक सरोज चौधरी घाइते भएको आठबिसकोटका नगरप्रमुख रवि केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार साजेबगर देखि काँडादह जोड्ने सडक निर्माणका क्रममा सडक भासिएर स्काभेटर पल्टिदा चालक घाइते भएका हुन ।

घाइते चालक चौधरीको आठबीसकोट नगर अस्पताल राडीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको समेत नगरप्रमुख केसीले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्