Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बलात्कार आरोपमा धादिङका एक युवा रुकुममा पक्राउ

tribeni2
रुकुम पश्चिम / रुकुम पश्चिममा जवरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले धादिङ जिल्लाका २७ वर्षिय जनक श्रेष्ठलाई जवरजस्ती करणीको आरोपमा पक्राउ गरेको जनाएको छ ।
श्रेष्ठलाईलाई मुसिकोट नगरपालिका १ निवासी २२ वर्षीया एक युवतिलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीको भनाई रहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार युवतीलाई माघ ११ गते बुधबार रातीको समयमा जबरजस्ती करणी गरेको आरोप लागेको छ ।
अभियुक्त श्रेष्ठलाई रुकुम पश्चिम जिल्ला अदालतबाट म्याद थपि अनुसन्धान अघि बढाई रहेको प्रहरीको भनाई छ ।
 
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्