Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्थापना दिवसको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

२०७९ माघ १६
tribeni2

रुकुम पूर्व / प्रेस सेन्टर नेपाल रुकुम पूर्वले संगठनको स्थापना दिवसको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । आइतबार १९ औं स्थापना दिवसको अवसरमा सिस्ने गाउँपालिका स्थित रुक्मिणी मा.वि.मा अध्ययनरत ६ जना छात्र छात्रालाई शैक्षिक सामग्री वितरण गरिएको प्रेस सेन्टर नेपाल रूकुम पूर्वका अध्यक्ष सर्जना कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार कक्षा १ देखि कक्षा १० सम्म अध्ययन गरिरहेका गरिव तथा अशक्त विद्यार्थीलाई छनोट गरी शैक्षिक सामाग्री वितरण गरिएको हो । विद्यार्थीलाई थोरै भए पनि शैक्षिक विकासमा सहयोग होस भन्ने उद्देश्यले प्रति व्यक्ति ६ सय बराबरका शैक्षिक सामग्री वितरण गरिएको समेत अध्यक्ष कार्कीले उल्लेख गर्नुभयो । ।

यस्तै दिवसको अवसरमा शहिदहरुको सालिकमा माल्यार्पण पनि गरिएको छ । गाउँपालिका कार्यालय नजिकै निर्माण गरिएको शहिदहरुको सालिकामा माल्यार्पण गरिएको हो ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्