Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एकल पुरुषलाई न्यानो कपडा, विपन्नलाई आरन सुधारमा सहयोग

tribeni2

सल्यान / सल्यानको कुमाख गाउँपालिका वडा नम्वर ४ को कार्यालयले एकल पुरुषलाई न्यानो कपडा र विपन्न वर्गका व्यक्तिलाई आरन सुधारमा सहयोग गरेको छ ।

आईतबार वडा कार्यालयमा एक कार्यक्रम आयोजना गरेर ६८ वर्ष मूनिका एकल पुरुषलाई न्यानो कपडा वितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।

वडाध्यक्ष शोभिलाल बस्नेतका अनुसार वडाका १३ जना एकल पुरुषलाई न्यानो कपडा उपलब्ध गराईएको हो । वडाको सानो सहयोगले जाडोयाममा न्यानो हुन सहयोग पुग्ने विश्वास लिईएको उहाँले जनाउनुभयो ।

त्यसैगरी विपन्न दलित घर परिवार पहिचान गरेर आरन सुधारका लागि सहयोग गरिएको छ । वडाअध्यक्ष बस्नेतले १० जनालाई आरन तथा टिन सहयोग गरिएको जानकारी दिनुभयो । प्रतिव्यक्ति आरन, दुई वटा टिन, हतारो, सनासो लगायतका सामाग्री उहाँहरुलाई वितरण गरिएको हो । यस खालको सहयोगले व्यवसायीक निरन्तरतामा सहयोग पुग्नुका साथै परिवारको आर्थिक उर्पाजनमा सहयोग पुग्ने जनाईएको छ ।

चालु आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम अन्तर्गत रहेको लक्षित वर्गको कार्यक्रमबाट उक्त सहयोग प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्