Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आलु खेती प्रविधि तथा चिप्स उत्पादनका लागि तालिम

२०७९ माघ १६
tribeni2

रुकुम पूर्वमा जिल्ला स्तरिय आलु खेती प्रविधि तथा चिप्स उत्पादन सम्बन्धी तालिम सम्पन्न भएको छ । एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयको आयोजनमा सिस्ने गाउँपालिका–६ रुकुमकोटमा तीन दिने आलु खेती प्रविधि तथा आलु चिप्स उत्पादन सम्बन्धी तालिम सोमबार सम्पन्न भएको हो ।

तालिममा जिल्लाका तीन वटै गाउँपालिकाका वर्षे आलु पकेट क्षेत्र विस्तार कार्यक्रममा छनोट भएका तथा व्यवसायिक आलु खेती गर्दै आएका २८ जना कृषकहरुको सहभागीता रहेको थियो । तीन दिन सम्मको तालिम मुख्य प्रशिक्षक आलु बाली विज्ञ श्यामप्रसाद ढकाल रहनु भएको थियो ।

कृषि पेसामा कुनै पनि प्राबिधिक ज्ञान नभएरै कृषि पेसामा जोडिदा सोचेको उपलब्धि हासिल गर्न नसकिने हुँदा यो तालिमले भने उपलब्धीमूलक कृषि कर्म गर्न प्रोत्साहन गर्ने तालिममा सहभागी राजकुमार सुनारले बताउनुभयो ।

आलुको बीउ छनोट देखि रोप्ने, गोडमेल, मलजल, बजारीकरण कसरी गर्ने भन्ने ज्ञान तालिमबाट प्राप्त भएको भन्दै सुनारले खुसी व्यक्त गर्नु भएको छ । आगामी दिनमा आलु खेती गर्दा कसरी धेरै उत्पादन गर्न सकिन्छ र फरक ढंगबाट बजारीकरण गर्न सकिन्छ भन्ने कुरा थाहा भएको तालिममा सहभागीले बताएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख एवम कार्यक्रमका प्रमुख अतिथी मेघबहादुर श्रेष्ठले तालिममा प्राप्त भएको ज्ञान व्यवहारमा उतार्न आग्रह गर्नुभएको छ । जिल्लामा आलु पनि एक मुख्य बाली भएकाले यसको उत्पादन बृद्धि गर्न र उत्पादित आलु बजारीकरण गर्नमा यस तालिमबाट सहभागी कृषकलाई मद्धत पुग्ने बताउनुभयो ।

यसैगरी एकीकृृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले तालिमका लागि तालिम मात्र नभएको बताउनुभयो । तालिम दिए वापतको प्रतिफल आवस् भन्ने मुख्य उद्देश्यले जिल्लामै विषय विज्ञ मार्फत तालिम दिइएको उहाँले बताउनुभयो । तालिममा प्राप्त भएको ज्ञान कृषकले खेतीपाती मार्फत प्रतिफल देखाउनु पर्ने बस्नेतले आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १७:०१
प्रतिक्रिया दिनुहोस्