Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रजिअद्वारा समन्वयका लागि प्रतिबद्धता

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले पत्रकारहरुसँग समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुसँगको साक्षात्कार कार्यक्रमममा प्रजिअ पन्तले समाजको हितका लागि मिडियाको भूमिका सशक्त हुने बताउनुभयो ।

कार्यक्रममा उहाँले नागरिकलाई सहि सूचना दिनु र राज्यलाई घच्घच्याउनु संचारकर्मीहरुको मुख्य दायीत्व भएको बताउनुभएको छ । भर्खरै सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी पन्तले पछिल्लो समय सामाजिक सञ्जालहरुकै भरमा आउने कतिपय सन्देशहरुले पत्रकारिता क्षेत्रमा चुनौति थपेको जनाउनुभयाे । 

सार्वजनिक सेवा प्रवाह, शान्ति सुरक्षा, सुशासन र दिगो विकासका लागि संचारकर्मीहरुको भूमिका उल्लेख्य हुने भएकोले पत्रकारहरुसँग समन्वयात्मक रुपले अगाडि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

जिल्लाबाट सहि र तथ्य सूचना सम्प्रेषणका लागि आफूले हरपल सहयोग गर्ने बताउनुहुँदै प्रजिअ पन्तले प्रशासन कार्यालयले यस अघि सञ्चालन गरेको सकारात्मक कार्यहरुलाई पछ्याउने जनाउनुभयो । जिल्लामा संचालन भएका कतिपय विकास निर्माणका कामहरुको अवस्था अनुगमन गरेर समाधानका लागि पहल गर्ने समेत उहाँले उल्लेख गर्नुभयो ।

जिल्लामा आए लगत्तै यहाँको भौगोलिक अवस्था र शान्ति सुरक्षाको अवस्था सहित विभिन्न निकायहरुसँग छुट्टाछुट्टै छलफल आयोजना गरेर कार्ययोजना समेत बनाईने उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्