Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
स्वास्थ्य शिविर

ढोडेनीको स्वास्थ्य शिविरमा ३ सय १० जनाले सेवा लिए

नवलपुर १३ जेठ
tribeni2

पवित्रा पराजुली ।

गैंडाकोट ३ ढोडेनिमा गैडाकोट जेसीज, गैडाकोट नगर स्वास्थ्य शाखा र सहज सामुदायीक अस्पतालको संयुक्त आयोजनामा भएको निशुल्क स्वास्थ्य शिबिरमा ३ सय १० जनाले सेवा लिएका छन् । निशुल्क रगत जाँच र अन्य स्वास्थ्य जाँचमा १ सय ३५ जनाको रक्त परिक्षण र अन्यको स्वास्थ्य जाँच गरिएको सहज सामुदायीक अस्पतालका अध्यक्ष तिर्थ रिमालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपालीले स्वास्थ्य सचेतना गांउ गांउमा पुग्नुपर्नेमा जोड दिए । सबै व्यक्ति स्वास्थ्यको पहुँचमा हुनुपर्छ भन्ने सरकारको निती सहि भएको भन्दै उनले प्रभावकारी कार्यान्वयनमा जोड दिए । 

सहज सामुदायिक अस्पतालका अध्यक्ष रिमालले स्वास्थ्य विमाको महत्व रहेको बताउदै नवलपुर जिल्लामा स्वास्थ्य र स्वास्थ्य विमाको सचेतना जगाउन आवस्यक रहेकोमा जोड दिए ।

गैडाकोट जेसीजका अध्यक्ष भानुभक्त रिमालले जेसिजले युवा नेतृत्वको लागी धेरै काम गदै आएको र अब समाजको लागी पनि केही गर्ने उद्धेश्यले शिबिर आयोजना गरेको बताए ।

ढोडेनीमा ठूला अस्पताल नभएको र बिरामी परेर अस्पताल जान परेमा घन्टौ लाग्ने भएकाले पनि आफनो स्वास्थ्यको ख्याल राख्नुपर्नेमा वक्ताहरुको जोड थियो ।

कार्यक्रमा प्रमुख अतिथी कृष्ण चन्द्र नेपालीको एचआईभी परिक्षण गरेर कार्यक्रम उदघाटन भएको थियो । गैडाकोट जेसीज बर्ष २०१९ का उपाध्यक्ष एबम स्वास्थ शिबिर कार्यक्रमका संयोजक राजेश पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा गैंडाकोट जेसीजका पूर्व अध्यक्ष कृष्ण हरी सापकोटा , नेपाल जेसीसका उपाध्यक्ष गोकुल सापकोटा लगायतले मन्तव्य राखेका थिए ।

गैडाकोट नगरपालीका वडा नम्बर ३ का वडा अध्यक्ष शिवकान्त तिवारी , सहज हेल्थ फाउन्डेसका उपाध्यक्ष डिल्लीप्रसाद सिग्देल गैडाकोट जेसीज का संस्थापक अध्यक्ष बद्री सापकोटा , पूर्व अध्यक्ष रमेश काफले , प्रमेश आचार्य तथा गैंडाकोट जेसिजका पदाधिकारी,सदस्य अनि स्थानीय बासिन्दाको उपस्तिथी रहेको कार्यक्रमको सहजीकरण गैडाकोट जेसीस बर्ष २०१९ का महासचिव दया सापकोटाले गरेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६  ०६:०५
प्रतिक्रिया दिनुहोस्