Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अख्तियारद्वारा आयोजित निबन्ध प्रतियोगितामा रुकुमकी अञ्जना प्रथम

tribeni2

रुकुम पश्चिम / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कर्णाली प्रदेश स्तरिय निबन्ध प्रतियोगितामा रुकुम पश्चिमकी छात्रा अञ्जना खत्री प्रथम हुुनुभएको छ ।

आयोगको ३२ औ बार्षिकोत्सवको अवसरमा सुर्खेत कार्यालयद्धारा आयोजित प्रतियोगितामा कर्णाली प्रदेशका १० जिल्ला र लुम्बिनी प्रदेशको रुकुम पूर्वबाट खत्री सर्वोत्कृष्ट हुनुभएको हो । 

मुसीकोट नगरपालिका ७ साँख निवासी खत्री मुसीकोट नगरपालिका ५ मा सेरीगाउँमा रहेको यमुनानन्द नमूना माविमा कक्षा १२ मा अध्ययनरत छात्रा हुनुहुन्छ । आयोगले मंगलबार बेलुका प्रतियोगिताको नजिता सार्वजनिक गरेको हो । 

आयोगले बार्षिकोत्सवको अवसरमा आयोजना गरेको 'भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन' बिषयक मा.वि.स्तरीय भाग लिएकी छात्रा खत्री प्रथम स्थान प्राप्त गर्न सफल भएको यमुनानन्द नमूना माविका शिक्षक गोपाल केसीले जानकारी दिनुभयो । प्रदेशस्तरिय प्रतियोगितामा उत्कृष्ट स्थान ल्याउन सफल उहाँले राष्टिय स्तरको प्रतियोगिताका लागि समेत छनौट भएको शिक्षक केसीले जानकारी दिनुभयो ।

सुर्खेत कार्यालयले आयोजना गरेको उक्त प्रतियोगितामा रुकुम पूर्वकी सोनिलिजा गौतम द्धितीय हुनुभएको छ । उहाँ रुक्मिणी मा.वि.रुकुमकोटमा अध्ययनरत हुनुहुन्छ ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  ०८:०२
प्रतिक्रिया दिनुहोस्