Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

छिवाङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक गम्भिर घाइते

tribeni2

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका १४ छिवाङ ज्युलास्थित डुडे बगरमा मंगलबार राति ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।

मुसिकोट नगरपालिका ४ सोलावाङबाट सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ जादैं गरेको ना ६ त ७७१३ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारी प्रहरी निरिक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ट्याक्टर दुर्घटना हुदाँ सहचालक भेरी नगरपालिका १ जाजरकोटका अन्दाजी ३४ वर्षिया हरि बहादुर वि.क को मृत्यु भएको हो । उपचारको लागि जिल्ला अस्पताल सल्लेमा लिएको बेला उहाँलाई र्मत घोषणा गरिएको थियो ।

दुर्घटनामा परेर ट्याक्टर चालक मुसिकोट नगरपालिका ६ घोरखानीका २२ वर्षिय मनबहादुर विक घाईते हुनुभएको प्रहरीले जनाएको छ । घाईतेको स्वास्थ्य अवस्था गम्भिर रहेको जनाईएको छ । उहाँलाई थप उपचारको लागी नेपालगन्ज पठाइएको छ ।

 

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १०:०२
प्रतिक्रिया दिनुहोस्