Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जेष्ठ नागरिकहरु बोकेर बैंकमै पुगे वडा अध्यक्ष

tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष खुमबहादुर खड्का वडाका जेष्ठ नागरिकहरु बोकेर बुधबार राष्ट्रिय वाणिज्य बैंकको चौरजहारी -१ स्थित कार्यालय पुग्नु भएको छ ।

वडा कार्यालयको तर्फबाट एक गाडि रिजर्व गरेर जेष्ठ नागरिकहरु लिएर उहाँ बैंकमा पुग्नुभएको हो ।

बैंकमा कुनै आन्दोलन तथा धर्नाको कार्यक्रमको लागि नभई एकैसाथ सजिलै जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता निकाशाको लागि यसो गरिएको वडा अध्यक्ष खड्काले बताउनुभयो । 'बैंक टाढा भयो, जेष्ठ नागरिकहरु आउजाउ गर्न गाह्रो भयो,' वडा अध्यक्ष खड्काले भन्नुभयो, 'साच्चिकै सामाजिक सुरक्षा भत्ता बैंकबाट निकाल्न जेष्ठ नागरिकहरुले कठिनाई झेलिरहेको कुरालाई मध्यनजर गर्दै एकैदिन सबैलाई यातायात सुविधा दिएर बैंकमा लगिएको हाे ।'

अघिल्लो दिन नै बैंकको टिमसँग सल्लाह गरेर आज वडाका जेष्ठ नागरिकहरुलाई सुरक्षा भत्ता उपलब्ध गराईएको हो । पछिल्लो तीन महिनाको भत्ता वडाका ९० जना जेष्ठ नागरिकहरको हातमा राखेर घर घरमै छोडिएको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । भत्ता वितरणमा सहजिकरणका लागि वडा अध्यक्ष, सदस्यहरु, वडाका कर्मचारीहरु सहितको टोली बैंकमा पुगेको थियो ।

वडा देखि टाढाको दुरीमा रहेको बैंकमा जान र आउन जेष्ठ नागरिकहरुलाई मुश्किल हुने गरेको छ । आगामी दिनहरुमा बैंकलाई गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नको लागि आवश्यक व्यवस्था गरिने बताईएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १५:०२
प्रतिक्रिया दिनुहोस्