Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोटमा मुस्कानसहितको सेवा दिने प्रतिबद्धता

tribeni2

रुकुम पश्चिम । जिल्लाको आठबिसकोट नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले आर्थिक बर्ष ०७९/८० मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी र गुनासो सुनुवाई गर्ने उद्धेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ।

बिहिबार भएको कार्यक्रमका सहभागीहरुले नगरपालिकाको विकासका लागी साना भन्दा पनि ठुला योजनामा केन्द्रीत भएर लाग्न सुझाव दिएका छन् । सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारेमा प्रश्न तथा सुझाब दिएका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाबाट सञ्चालित विकास कार्यक्रम, प्रवाह हुने सेवाको जानकारी, सेवाग्राहीले उठाएका जिज्ञासाहरुको जवाफ, रचनात्मक सुझावहरु संकलन गरिएको थियो ।

विशेष गरि नगरवासीहरुले बाटोघाटो, विद्युत, खानेपानी, भवन निर्माण, सडक निर्माण, खुल्लादिशामुक्त क्षेत्रको अनुगमनमा कमी लगायतको समस्याको वारेमा सार्वजनिक सुनुवाईमा जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागीहरुले राखेको सवालमाथि नगरप्रमुख रवि केसी, निमित्त प्रशासकीय कार्यकारी अधिकृत मणि राज शाह र विषयगत शाखाका कर्मचारीहरुले जवाफ दिनुभएको थियो । कार्यक्रममा सेवाग्राहीलाई मुस्कान सहितको सेवा दिने प्रतिबद्धता जनाइएको छ ।

नगरपालिकाले सम्पादन गरेका योजना तथा प्रदान गरिएका सेवाको पारदर्शीताको लागि नगरपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको आठबिसकोट नगरपालिकाले जनाएको छ ।

आठबिसकोट नगरपालिकाको आयोजनामा तथा एन पि स्टार मिडिया प्रालिको सहजिकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सञ्चालन पत्रकार अर्जुन बिष्टले गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्