Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कालिका आविको चार कोठे नयाँ भवन उद्घाटन

२०७९ माघ २०
tribeni2

रुकुम पश्चिम / जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्वर ८ फुक्रुमा रहेको कालिका आधारभूत विद्यालयको नवनिर्मित चार कोठे उद्घाटन गरिएको छ । सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले बिहिबार उक्त भवनको उद्घाटन गर्नुभएको हो ।

नयाँ भवनको उद्घाटन गर्नुहुँदै अध्यक्ष बिष्टले भौतिक पूर्वाधारको अभावले विद्यार्थीको पढाई लेखाईमा कमि हुन नहुने बताउनुभयो । उहाँले स्थानीय सरकारले शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेकोले गुणस्तरिय शिक्षाका लागि विद्यालय प्रशासन कटिबद्ध हुनुपर्ने उल्लेख गर्नुभयो । हामी भौतिक पूर्वाधार बनाउछौं, तपाईहरु विद्यार्थीको सुनौलो भविष्य बनाउनुहोस्, अध्यक्ष विष्टले भन्नुभयो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ३६ लाख बजेटबाट भवन निर्माण गरिएको हो । विद्यालयका प्रधानाध्यापक पुर्भान ओलीले बालबिकास कक्षा देखि कक्षा ८ सम्म रहेको उक्त विद्यालयमा अझै ६ वटा कोठाहरु अभाव रहेको जानकारी गराउनुभयो । उहाँले विद्यालयमा ८ वटा कक्षा कोठा¸ एक वटा कार्यालय¸ एकवटा कम्प्युटर कक्षा गरी जम्मा १० वटा कोठा भएका भवनको आवश्यकता भएपनि हाल सम्म ४ वटा कोठा मात्रै भएकाले अझै विद्यार्थीहरुलाई अध्यापन गराउन अप्ठेरो भैरहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विरबहादुर बुढाथोकीको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै उपाध्यक्ष कमला रोका¸ पूर्व उपाध्यक्ष इन्दिरा ओली, निमित्त प्रमुख प्रशासकीय अधिकृत मिनाराम केसी¸वडा अध्यक्ष प्रेम बहादुर विक तथा अन्य वडाका वडा अध्यक्षहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन शिक्षक दिपक ओलीले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्