Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जनकल्याण माविको चारकोठे भवन उद्घाटन

tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १२ मा रहेको जनकल्याण माध्यमिक बिधालयको नयाँ भवन उद्घाटन गरिएको छ । शुक्रबार मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले विद्यालयको भवन उद्घाटन गर्नुभएको हो ।

उक्त भवन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ४ कोठाको निर्माण गरिएको हो । भवन निर्माणमा ३६ लाख रकम खर्च भएको शिक्षक शिवप्रशाद ओलीले जानकारी दिनुभयो ।

कार्यक्रमको अवसरमा विद्यालयका सहयोगिदाताहरुलाई पनि सम्मान गरिएको छ । सहयोगिदाता सुरेस गिरी र रुपा ओलीलाई सम्मानपत्रले सम्मान गरिएको हो ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका सस्थापक अध्यक्ष, सदस्यहरुलाई पनि सम्मान गरिएको छ । नगर प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नगरपालिका सामाजिक विकास समिति संयोजक एक्कबहादुर पाण्डे, वडा अध्यक्ष धिरन सिर्पाली, नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनाराम खड्काको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको अवसरमा विद्यालयका प्रधानाध्यापक रामप्रशाद ओलीले वार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । शिक्षक अभिभावक संघका अध्यक्ष लालबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक मिनराज ओलीले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्