Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

निर्माण भएको पाँच वर्षपछि आठबिसकोटको बसपार्क सञ्चालन

आठबिसकोटबाट नेपालगञ्ज, पोखरा, काठमाडौं बस सेवा
tribeni2
  • सत्य बटाला

रुकुम पश्चिमको आठबिसकोटमा पाँच वर्ष पहिला निर्माण सम्पन्न भएको बसपार्क सञ्चालनमा आएको छ । शनिबार आठबिसकोट नगरपालिकाका प्रमुख रबि केसीले एक कार्यक्रमका बीच बसपार्क औपचारिक रुपमा सञ्चालनमा आएको घोषणा गर्नुभएको हो ।

नगर प्रमुख केसीले नगरको कार्ययोजनाको प्राथमिकताको सूचीमा बसपार्क रहेको र सरोकारवालासँगको बैठकले गरेको निर्णयअनुसार बसपार्क सञ्चालनमा ल्याईएको बताउनुभयो । जिल्लाको सदरमुकाम मुसिकोटदेखि आठबिसकोटको राडीबजार सडक यातायात सेवा सुरु भएको १४ वर्षपछि बसपार्क सञ्चालनमा ल्याइएको छ ।

बसपार्क सञ्चालनका लागि सरोकारवाला पक्षसँग पटक–पटक बसेको बैठकको निर्णय र मुख्य बजार क्षेत्रको सवारी पार्किङ व्यवस्थित बनाउन सुरु गरिएको पहलको उपलब्धि बसपार्क सञ्चालन भएको उहाँले जनाउनुभयो ।

उक्त बसपार्क राडी , सुन्दरपानी, मैडाँडा सडक योजना’ अन्तर्गत पर्दछ । बजार क्षेत्रबाट करिव एक किलोमिटर टाढाको दुरीमा बसपार्क निर्माण गरिएको छ । मुख्य बजार क्षेत्रबाट भित्र पर्ने भनेर अलपत्र छाडिएको थियो । अब बसपार्क नियमित सञ्चालन हुने बताईएको छ ।

बसपार्क सञ्चालनमा अएसगैँ अबदेखि आठबिसकोट नगरक्षेत्रमा बसपार्कमा मात्रै टिकट काउन्टर राखिएको छ । राडीबजार केन्द्र स्थापना गरिने भएको छ । यसअघि बजार क्षेत्रको पिपलबोट, सिमबजार लगायतका स्थानमा टिकट काउन्टर राखेर अव्यवस्थित बनेको सार्वजनिक यातायातका सेवा व्यवस्थित र सवारी दुर्घटना न्यूनीकरण गर्न समेत सहयोग पुग्ने विश्वास गरिएको वडा नम्वर ९ का वडा अध्यक्ष जनक बहादुर बटालाले बताउनुभयो ।

सञ्चालनमा आएको बसपार्कमा एक तले भवन, त्यसमा टिकट काउन्टर, महिला/पुरुष शौचालय बनेको छ भने लामो र छोटो दुरीका बस, माइक्रो, अटो बाइक अलग अलग स्थानमा पार्किङ र खानेपानीको पनि व्यवस्था रहेको छ ।

लामो समयदेखि बसपार्क सञ्चालनमा नआउँदा जथाभावी पार्किङले बजार क्षेत्रमा भीड बढेर दुर्घटनाको जोखिम र बजार क्षेत्र कुरुप भएको थियो । सो समस्या समाधानका लागि बसपार्क सञ्चालनमा ल्याइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले बताउनुभयो । बसपार्क सञ्चालनपछि सबैखाले सवारी बसपार्कमा मात्रै पार्किङ गर्ने र तोकिएको ठाउँबाट यात्रु ओराल्न एवं चढाउन नियम बनाईएको शाहले जानकारी दिनुभयो । बजार क्षेत्रमा जथाभावी पार्किङ गरे यातायात व्यवसायीलाई कारबाही गरिने समेत जनाईएको छ ।

बसपार्कबाट पश्चिमका पहाडी जिल्लालगायत काठमाडौ, पोखरा, नेपालगन्ज बस सन्चालन हुने बताइको छ ।

 

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्