मैकोटमा छायांकन गरिएको 'हामी बिद्यार्थी' प्रधानमन्त्रीद्वारा बिमोचन

काठमाडौं । नेपालका सामुदायीक तथा शैक्षिक संस्थाहरुको लागि तयार गरिएको राष्ट्रिय गीत 'हामी बिद्यार्थी हौ' विमोचन गरिएको छ । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त भिडियो गीतको विमोचन गर्नुभएको हो ।

पुथा उत्तरगङा गाउँपालिकाको रुकुम पूर्व र सामाजिक मा.वि. रोल्पाको आर्थिक लगानिमा उक्त गीत निर्माण गरिएको हो ।

उक्त भिडियोको छायांकन पुथा उत्तरगंगा गाउँपालिकाको श्री पुथा हिमालय मावि मैकोटमा गरिएको गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाले जानकारी दिनुभयो ।

उक्त गितमा हेमन्त शिशिर र सन्ध्या आचार्यको स्वर रहेको छ । रामप्रसाद खड्काको शब्द र राजेन्द्र खड्काको संगित रहेको उक्त गीतको छायांकन सरोज शाही र सम्पादन निराजन केसीले गर्नुभएको हो । कोरसमा राजेन्द्र खड्का, बिरेन बिसी, हेमराज बिक, बसन्ती सुनार र अन्जु बिसीको अभिनय रहेको छ । उक्त गीतको निर्देशन राजेन्द्र खड्काले गर्नुभएको हो ।

उक्त प्रार्र्थना भिडियो नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले सार्वजनिक गर्ने भएको छ ।

उक्त प्रार्र्थना गीत नितान्त शैक्षिक पक्षसंग जोडिएको हुँदा विधार्थीको सिकाई क्षमता वृद्धि गर्न र विद्यार्थीहरुको मनोबैज्ञानिक पक्षलाई सिकाईप्रती उत्प्रेरित गर्ने खालको रहेको छ । विधार्थीहरु विद्यालय पुगिसकेपछि उक्त प्रार्थना गीतले मनोरञ्जन दिई नकारात्मक पक्षलाई त्यागेर सिकाई सहजीकरणमा टेवा पुग्ने बताईएको छ ।

उक्त प्रार्थना गीत नेपालका सबै सामुदायिक तथा शैक्षिक संस्थाहरुमा कार्यान्वयन होस भन्ने मुख्य उद्देश्यले प्रधानमन्त्रीबाट नै बिमोचन गरि शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट बाहिर ल्याउने जनाईएको छ ।

उक्त गीत सार्वजनिक कार्यक्रममा पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती, उपाध्यक्ष भुपेन्द्रा बुढा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्