अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा शेरबहादुर केसी निर्वाचित

रुकुम पश्चिम / एकिकृत अखिल नेपाल शिक्षक संगठन रुकुम पश्चिमको अध्यक्षमा शेरबहादुर केसी चयन हुनुभएको छ । शुक्रबार मुसिकोटमा सम्पन्न संगठनको १२ औं जिल्ला अधिवेशनबाट केसीको अध्यक्षतामा सर्वसम्मत नयाँ जिल्ला कार्य समिति चयन भएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा पुर्भान बिक, सचिवमा चन्द्रबहादुर खड्का र कोषाध्यक्षमा रतिभान बिक चयन हुनुभएको छ । चार सदस्य अर्को बैठकले मनोनित गर्नेगरी २७ सदस्यीय जिल्ला समिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सदस्यहरुमा सुनिल बुढा, खडक रोका, कृष्णप्रसाद जैसी, खम्बबहादुर खड्का, बिष्णु पुन, घनश्याम बिक, चन्द्रबहादुर खड्का, तुलबहादुर यरी, चुमानसिं बोहरा, पबित्रा ओली पुन, देबबहादुर केसी र हरिप्रसाद धिताल चयन हुनुभएको छ ।

त्यसैगरी महेन्द्र केसी, शसीराम दाहाल, सुशीला शर्मा, हुकुम बहादुर बिसी, सिर्जना पुन, चक्रबहादुर भण्डारी र झलक पुन सदस्यमा चयन हुनुभएको छ ।

निवर्तमान जिल्ला अध्यक्ष शसीराम बिकको अध्यक्षतामा भएको सम्मेलन संगठनका केन्द्रीय सदस्य गणेश प्रसाद रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सरकारका पुर्वअर्थमन्त्री गोपाल शर्मा, नेकपा माओवादी केन्द्रका रुकुम जिल्ला संयोजक गोबिन्द रोकाको विशेष आथित्यता रहेको थियो ।

त्यसैगरी संगठनका प्रदेश महासचिव शेरवीर दाहाल, प्रदेश सदस्यहरु गणेश रेग्मी, दिलबहादुर ओली, हिमसिं नेपाली ,कृष्णबहादुर खड्का लगायतको समेत आथित्यता रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष केसीले महान सहिदहरुको बिशेष स्मरण र उच्च सम्मान गर्दै समग्र रुकुम जिल्लाको शैक्षिक परिवर्तन, शिक्षकहरुको पेशागत हक तथा हित र संगठनको उच्च गतिशिलताको लागि सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्