Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

क्याम्पसमा शिक्षकको माग गर्दै ध्यानाकर्षण

tribeni2

रुकुम पश्चिमको मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा शिक्षकको माग गर्दै बिद्यार्थीहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गत रहेको मुसिकोट खलंगा बहुमुखी क्याम्पस व्यवस्थापन संकायतर्फ १ जना पनि शिक्षक नभएकोेले शिक्षकको माग गर्दै क्याम्पस प्रशासनलाई विद्यार्थीहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

व्यवस्थापन संकायको सम्पूर्ण विद्यार्थीहरुको तर्फबाट आईतबार ध्यानाकर्षण पत्र बुझाईएको हो । अनेरास्वबियू (क्रान्तिकारी) मुसिकोट खलंगा बहुमुखी क्याम्पस ईकाई कमिटिको स्ववियु परिचालन समितिका सह संयोजक तुलसा खनालका अनुसार क्याम्पसको व्यवस्थापन संकायतर्फ पुर्णकालिन शिक्षक नभएको र नियमित पठनपाठनमा समस्या भएकोले शिक्षक व्यवस्थापन लागि माग गरिएको हो ।

ध्यानाकर्षण पत्रमा आंशिक शिक्षकलाइ व्यवस्थापन गरि नियमित बनाउने वा पुर्णकालिन शिक्षकको व्यवस्था गर्नुपर्ने कुराको माग गरिएको खनालले बताउनुभयो । २०७७ साल चैतमा आंशिक रुपमा पढाउन बिश्व विद्यालयले लक्ष्मीप्रसाद लम्साल र राधा बिकलाई पठाएको र दुई बर्षसम्म पनि उहाँहरुको स्थायीत्वको टुंगो नभए पछि उहाँहरु छोड्ने मनस्थितिमा रहेकोले तत्काल शिक्षक व्यवस्थापन गरिनुपर्ने कुरा ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । 

ध्यानाकर्षण पत्र बुझ्नुहुदै क्याम्पस प्रमुख बुद्धि प्रसाद गौतमले विद्यार्थीको माग पुरा गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्