सोसल मिडिया
रुकुम पूर्वमा ५ वर्ष मुनिका बालबालिकाहरुलाई पौष्टिक आहार वितरण गरिएको छ ।
रुकुमेली समाज बिकास केन्द्र रुकुमको आयोजनामा जिल्लाका भूमे गाउँपालिका वडा नम्बर १ लुकुमका २७ जना बालबालीकालाई बिभिन्न प्रकारका पौष्टिक तत्वहरु वितरण गरिएको हो ।
बालबालीकाको बृद्धि विकासमा कमि भई शारीरिक तौल कम भएका र गाउँपालिकाको स्वास्थ्य शाखामा सूचित भएका २७ बालबालीकालाई सर्बोत्तम पिठो ३ प्याकेट, हर्लिक्स १ वटा, अण्डा १ क्यारेट, तेल १ बोत्तल र साबुन ५ वटाको दरले वितरण गरिएको रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नर बहादुर नेपालीले जानकारी दिनुभयो ।
भूमे गाउँपालिकाको लुकुम सहित वडा नम्बर २ को काFक्रि र ३ नम्बर वडाको सिमामा उक्त पौष्टिक तत्व वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष नेपालीले बताउनुभयो । जम्मा २ लाख १५ हजार का सामाग्रीहरु मध्य आज लुकुममा ७० हजार बराबरको पौष्टिक आहार वितरण गरिएको हाे। काक्रि र सिमामा भोलि वितरण गरिने बताइएकाे छ ।
गाउँघरमा उत्पादन भएका आहारहरु पाईने भएता पनि बालबालीकालाई समय समयमा खुवाउने बानी नहुदा बालबालीकाहरु शारीरिक रुपमा कम तौल हुने गरेको भूमे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उपेन्द्र यादवले बताउनु भयो ।
बालबालिका कुपोषित हुने बिभिन्न कारणहरु सहित आज वितरण गरिएको पौष्टिक आहारहरु खुवाउने तरिकाका बारेमा पनि स्वास्थ्य शाखा प्रमुख यादवले सुनौला हजार दिनका आमाहरुलाई जानकारी गराउनु भएको थियो ।
रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नर बहादुर नेपालीको अध्यक्षता रहेको कार्यक्रममा भूमे गाउँपालिका उपाध्यक्ष सबिना बुढा को प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र यादव, रुकुमेली समाज विकास केन्द्रका सदस्य हिरालाल भण्डारी लगाएतको उपस्थिती रहेको थियो ।