Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्नेमा शिक्षामा विपद जोखिम प्रतिकार्यका लागि कार्यदल तयार

२०७९ माघ २३
tribeni2

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा शिक्षामा विपद जोखिम प्रतिकार्य योजना निर्माणको लागि कार्यदल गठन गरिएको छ ।

आईतबार गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा संयोजक मंगलसिंह बुढाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ । जसको सदस्यमा रुक्मिणी माध्यामिक विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्ल र रुकुमेली समाज विकास केन्द्रका कार्यक्रम संयोजक रमेश कुमार गौतम रहनुभएको छ ।

रुकुमकोटमा कोभिड १९ को लागि शिक्षामा प्रतिकार्य कार्यक्रम पालिका स्तरिय विद्यालय विपद जेखिम न्यूनिकरण सम्बन्धि शिक्षा प्रतिकार्य योजना निर्माण बैठकको आयोजना गरि कार्यदल गठन गरिएको हो ।

कूनै पनि विपदको घटनाबाट विद्यालय र विद्यार्थीमा पर्ने प्रभावलाई कसरी न्यूनिकरण गर्नको लागि कार्यदलले अबको एक साता भित्रमा खाका तयार पार्ने र त्यसै खाकामाथी पुनः छलफल गरि पूर्णता दिएर कार्यपालिकामा लैजानुपर्ने छ । कार्यपालिकाबाट पास भईसकेपछि कार्यान्वयनको चरणमा जाने र यसले विपदबाट शिक्षामा पर्ने असरलाई कम गर्न सकिने अपेक्षा गरिएको छ ।

शिक्षामा विपद जोखिम प्रतिकार्य योजना भूमे र सिस्नेका विद्यालयमा भने निर्माण भइसकेको छ । अब पालिकास्तरमा निर्माण गर्न लागिएको हो । यूनिसेफ र यूएसआइडीको आर्थिक सहयोग सिस्ने गाउँपालिकाको समन्वय र रुकुमेली समाज विकास केन्द्रको आयोजनामा बैठक सञ्चालन गरिएको हो ।

रुकुमेली समाज विकास केन्द्रका उपाध्यक्ष शोभाकर शर्माको अध्यक्षतामा भएको बैठकमा सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिको प्रमुख आतिथ्यता रहेको थियो । बैठकमा सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउले, गाउँपालिका शिक्षा शाखाका प्रमुख मंगलसिंह बुढा लगाएत विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  ०८:०२
प्रतिक्रिया दिनुहोस्