Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्ले - गिलवाङ सडकखण्ड बन्द हुने

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ मा रहेको सल्ले - गिलवाङ सडकखण्ड बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले सोमबार एक सूचना प्रकाशन गरेर उक्त सडकखण्डमा सवारी आवतजावतमा रोक लगाईएको जानकारी दिएको हो । सूचना अनुसार माघ २४ गते देखि फागुन १० गते सम्म १६ दिन उक्त सडकखण्डमा सवारी साधन आवतजावतमा रोक लगाईएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रेम जि.एम.का अनुसार मुसिकोट नगरपालिका -१ मा निर्माण कार्य भईरहेको सिटि बसपार्क सडक निर्माणका लागि सडक सोलिङ र पिसिसि गर्नुपर्ने भएकोले सवारी साधन आवताजावतमा रोक लगाईएको हो ।

मुसिकोट नगरपालिका  -१ काे सल्ले - गिलवाङ सडकखण्ड अन्तर्गत प्रहरी चौकी देखि ६० मिटर अगाडिको दुरीको सडक सोलिङ र पिसिसि गर्नुपर्ने भएकोे सवारी आवागमनमा रोक लगाउन अनुरोध भई आएकोले सवारी साधन आवतजावतमा रोक लगाईएको प्रशासनद्धारा जारी सूचनामा जनाईएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्